दफा ४६६
डोरमार्फत लिखत पारित हुन सक्ने

(१) कसैले यस परिच्छेद बमोजिम कुनै लिखत कार्यालयबाट डोर खटाई पारित गराई पाउन सम्बन्धित कार्यालयमा निवेदन दिएमा र त्यस्तो लिखत आफ्नै कार्यालयबाट पारित गरिदिनु पर्ने देखिएमा लिखत पारित गर्दा लाग्ने दस्तुर कार्यालयमा धरौटी राख्न लगाई कार्यालयको प्रमुख वा निजले तोकेको अन्य कर्मचारीले पाँच दिनभित्र निवेदकले उल्लेख गरेको स्थानमा गई कानूनको रीत पु¥याई त्यस्तो लिखत स्वीकृत गरी पारित गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम खटिएको डोरबाट लिखत पारित भएमा सोही उपदफा बमोजिम राखेको धरौटी रकम कार्यालयले सदर स्याहा गर्नु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम खटिएको डोरबाट कुनै कारणले लिखत पारित नभएमा धरौटी रकम निवेदकले तीन महिनाभित्र फिर्ता लिनु पर्नेछ ।
(४) उपदफा (३) बमोजिमको म्यादभित्र निवेदकले धरौटी रकम फिर्ता नलगेमा त्यस्तो धरौटी रकम कार्यालयले सदर स्याहा गर्नु पर्नेछ ।